close

‘नेपाल मास्क’ अभियान चलाइँदै

‘नेपाल मास्क’ अभियान चलाइँदै

Trulli
ADVERTISEMENT

काठमाडौं- कोरोना महामारीमा सर्वसाधारणलाई मास्क लगाउन सचेतना बढाउने उद्देश्यले सरकारले २३ देखि २९ साउनसम्म ‘नेपाल मास्क’ अभियान सञ्चालन गर्ने भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउन यो अभियान सञ्चालन गरिने बताए ।


‘म पनि मास्क लगाउँछु र अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ नाराका साथ सरकारले अभियान सञ्चालन गर्न लागेको हो ।

 

महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै हो आजको आवश्यकतालाई बुझिदिन उनले आग्रह गरे ।