close

वैदेशिक राेजगारीमा गएका रोहिणीबासीको गाउँपालिकालाई सहयोग

वैदेशिक राेजगारीमा गएका रोहिणीबासीको गाउँपालिकालाई सहयोग

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको रोहिणी गाउँपालिका र देवदह नगरपालिकाबाट वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवाले गाउँपालिकालाई नगद सहयोग उपलब्ध गराएका छन् ।


दक्षिण कोरियामा कार्यरत ९ युवाले रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवको नाममा निवेदन लेखेरै सहयोग गरेका हुन् ।

 

सहयोग गर्नेमा रोहिणी गाउँपालिका वडा नम्बर ३ का ताणकेश्वर मल्लाह, रमेश मल्लाह, असफाक खाँन, धर्मेन्द्र मल्लाह, वडा नम्बर २ का सन्तोष यादव, सुखराम खरबिन्द, दिलीप प्रजापति, वडा नम्बर ५ का सुभान अन्सारी र देवदह नगरपालिकाका वीरु मल्लाह रहेको रोहिणीका अध्यक्ष यादवले जानकारी दिए ।


उनीहरूले गाउँपालिकालाई १ लाख ४३ हजार २ सय ५४ रुपैयाँ पालिकाको खातामै पठाइदिएका छन् । ‘विपद्का बेला रोहिणी गाउँपालिकालाई अन्य संघ-संस्था एवं सामाजिक व्यक्तित्वले सहयोग गर्नु सराहनीय छ’, यादवले भने ।

 

विदेशमा पसिना बगाएर रकम कमाएका युवाले मातृभूमिलाई सम्झिनु ठूलो कुरा भएको उनको भनाइ छ । कोरोना महामारीको समय बिदेसिएका युवाको सहयोगी मनलाई रोहिणीको सदैव सम्मान रहेको उनले बताए ।


विभिन्न सञ्चार माध्यमबाट रोहिणी गाउँपालिकामा कोभिड प्रभाव उच्च रहेको र अक्सिजनलगायत अभाव भएको थाहा पाएर थोरै भए पनि सहयोग गरेको युवा ताणकेश्वर मल्लाहले जानकारी दिए ।