उदयपुर(बेलका)- उदयपुरको बेलका नगर अस्पताललाई गोर्खा वेलफेयर ट्रस्ट धरानले कोभिड उपचारका लागि ८ लाख ४८ हजार ६३० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
ट्रस्टले कोभिड संक्रमित बिरामीको उपचार गर्न अक्सिजन कन्सन्ट्रेटर ३ थान, पल्स अक्सिमिटर १० थान र पिपिई सेट १ सय ५० थान बेलका नगर प्रमुख दुर्गाकुमार थापालाई हस्तान्तरण गरेको हो ।
ट्रस्टले कोभिड उपचारका लागि उदयपुरलाई ४२ लाख रुपैयाँ बढीको स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।
उदयपुरको कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको गोर्खा ट्रस्टका एरिया वेलफेयर सेन्टर धरान प्रमुख पूर्णप्रसाद लिम्बूले जानकारी दिए ।
महामारीको समयमा ट्रस्टले प्रशंसनीय कार्य गरेको भन्दै बेलका नगर प्रमुख थापाले संस्थालाई धन्यवाद दिए ।