सप्तरी- सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ रञ्जीतपुरमा आज दिउँसो आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीयवासी भरत चौधरीको परालको थुप्राेबाट शुरु भएको आगो सल्केर वरपरका पाँच घरमासमेत आगलागी भएको हो ।
उक्त आगलागीमा घर निर्माण गर्न रकम जम्मा पारी बन्हुका घरमा राखिएको करीब छ लाख रुपैयाँसमेत जलेर नष्ट भएको छ ।
अग्निपीडितका अनुसार आगलागीमा घरभित्र रहेको सुनचाँदीसमेत जलेको छ । आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाँडाबर्तन, नगद र घरभित्र रहेको काठ, जस्तापाता, फर्निचरका सामान तथा फ्रिज जलेर खरानी हुँदा करीब २५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ ।
स्थानीयवासी तथा प्रहरी र नगरपालिकाको वारुणयन्त्रले अहिले आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।