ताप्लेजुङ– राष्ट्रिय दलित आयोगले दलित समुदायभित्रका सूचीकृत हुन छुटेका थरको सूचीकरण गर्ने प्रक्रियाको सहजीकरणका लागि देशभरका सबै स्थानीय तहका वडालाई आग्रह गरेको छ ।
आयोगले सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आफ्नो थर दलितभित्र पर्ने गरी वडा कार्यालयको सिफारिस र उपलब्ध अन्य प्रमाण संलग्न गरी आयोगमा प्रत्यक्ष उपस्थित भई वा हुलाकमार्फत वा आयोगको इमेल ठेगानामा पठाउन अनुरोध गरेको हो । यस्तो सिफारिस र प्रमाण जेठ मसान्त २०७८ भित्र पठाइसक्नुपर्ने आयोगले जानकारी दिएको छ ।