पाल्पा(रैनादेवी छहरा)- पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ‘दुई छोरी दम्पती सम्मान’ कार्यक्रम गरेको छ । गाउँपालिकभित्र २ छोरी जन्माएर स्थायी बन्ध्याकरण गरेका दम्पतीलाई सम्मान गरिएको हो ।
१११आैँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा गाउँपालिकाले कार्यक्रम आयोजना गरी ९ जना दम्पतीलाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष चेतकुमारी थापाले बताइन् ।
पछिल्लो समय बढ्दो लैंगिक विभेदलाई अन्त्य गरी विभेदरहित समाज निर्माणका लागि २ छोरी दम्पती सम्मान कार्यक्रम गरिएको गाउँपालिका उपाध्यक्ष थापाको भनाइ छ ।
२ छोरी दम्पती सम्मान कार्यक्रमबाट ९ जना दम्पतीलाई सम्मान गरिएको हो ।
दम्पती सम्मान कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले यस्तो कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष कार्कीले छोराको आशामा धेरै सन्तान जन्माउने प्रवृत्ति नरोकिएकाले यसलाई रोक्न कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा गाउँपालिकाका सल्लाहकार रामबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्र खत्री, प्रवक्ता विष्णुप्रसाद पोखरेललगायत सहभागी थिए ।