सिन्धुली- तामाङ समुदायको मुख्य पर्व सोनाम ल्होछार अवसरमा सिन्धुलीका ५ वटा स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
कमलामाई नगरपालिका, मरिण, हरिहरपुरगढी, घ्याङलेख र सुनकोसी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
कमलामाई नगरपालिकाले ३० माघ र १ फागुनमा बिदा दिएको छ भने अन्य ४ वटा स्थानीय तहमध्ये हरिहरपुरगढीले २९ र ३० माघमा, घ्याङलेखले २८ र २९ माघमा र सुनकोसीले २९ र ३० माघमा बिदा दिने निर्णय गरेका छन् ।
सबै पालिकाले सूचना जारी गर्दै यी दिन पालिकाअन्तर्गतका कार्यालय र शैक्षिक संस्थामा स्थानीय बिदा दिइएको जनाएका हुन् ।
सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा तामाङ, ह्योल्मोलगायत हिमाली समुदायले मनाउने गर्छन् । सरकारले यो पर्व मनाउन ३० माघमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।