सुनसरी- सनुसरी सदरमुकाम इनरुवामा कुडुख भाषाको लेखनशैली निर्देशिकासम्बन्धी ३ दिने कार्यशाला सम्पन्न भएको छ ।
कुडुख भाषाको लेखनशैली, वर्णविन्यसाबारे जानकारी दिने र त्यसको प्रचार-प्रसारसमेत गर्ने गरी सुनसरीका २० जना उराँव अगुवालाई कार्यशालामार्फत अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा उराँवहरूको मातृ भाषा कुडुखमा भाषाविद्ले निर्धारण गरेको व्यञ्जन वर्ण ३३ वटा र स्वर वर्ण ९ वटा रहेको जानकारीसमेत दिइएको उराँव अगुवा जयकुमार उराँवले बताए ।
उराँव समुदायको मातृभाषा कुडुख भाषा हो । अभिमुखीकरण कार्यक्रममा मातृभाषा केन्द्र नेपालका सुशील सुब्बा, सुमन दर्लामी , छिरिङ पासाङ भोटे, बेचन उराँवलगायतले प्रशिक्षण दिएका थिए ।