उदयपुर(चौदण्डीगढी)- लायन्स क्बल अफ चौदण्डीगढी उदयपुरले चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ३ का अग्निपीडितलाई राहतस्वरूप नगद रकम हस्तान्तरण गरेको छ ।
गत १७ पुसमा बिजुली सर्ट भई लागेको आगोले पूर्ण रूपमा क्षतिग्रस्त भएको हीराकुमारी राईको घर पुनर्निर्माणमा सहयोग पुर्याउन क्लबका प्रेसिडेन्ट पवन कार्कीले संस्थाका विभाग प्रमुख र सल्लाहकारको उपस्थितिमा नगद १० हजार रुपैयाँ अग्निपीडितलाई हस्तान्तरण गरे ।
चौदण्डीगढीले नगरभरिमा आगलागी भई पूरा क्षति भएका अग्निपीडितलाई घर पुनर्निर्माणका लागि नगद ३० हजार रुपैयाँ दिँदै आएको छ ।
साथै, लायन्स क्लबले उपलब्ध गराएको स्वास्थ्य सामग्री पीपीई सेट १० थान स्वास्थ्य शाखा सह-संयोजक तेजबहादुर पोखरेललाई नगरप्रमुख खगेन्द्र राई, लायन्स सदस्यको उपस्थितिमा प्रेसिडेन्ट कार्कीले हस्तान्तरण गरे ।