ताप्लेजुङ- भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई ३५ दिनभित्र आ-आफ्नो स्थानीय तहमा निवेदन बुझाउन म्याद दिएको छ ।
भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ९ माघको मितिले ३५ भित्र स्थानीय तहमार्फत आवेदन गर्न भनिएको हो ।
जग्गा पाउन तोकिएको ढाँचाबमोजिम निवेदन फाराम भरी स्थानीय तहमा बुझाउन आग्रह गरिएको छ । फाराममा उल्लिखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले सुझाएको छ ।
जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धित वडा कार्यालयमा सीधै बुझाउन सकिनेछ । आयोगले निवेदन बुझाउन ७ वटै प्रदेशमा स्थानीय तह तोकेको छ ।