close

जेष्ठ नागरिकका लागि के गर्दैछन् काठमाडौंंका स्थानीय तह ?

कतै न्यानो कपडा,कतै भजन–कीर्तनको व्यवस्था

जेष्ठ नागरिकका लागि के गर्दैछन् काठमाडौंंका स्थानीय तह ?

कतै न्यानो कपडा,कतै भजन–कीर्तनको व्यवस्था

Trulli
ADVERTISEMENT

काठमाडौं– स्थानीय तहहरूले वार्षिक योजना तथा कार्यक्रम ल्याउँदा जेष्ठ नागरिकहरूका लागि महत्त्वपूर्ण कार्यक्रमहरू ल्याउने गरेका छन् ।


पोषण भत्ता, न्यानो कपडा, भजन–कीर्तन गृह निर्माण गर्नेदेखि घरघरमै स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य जाँचसम्म गरिरहेका छन् । काठमाडौँ जिल्लाका स्थानीय तहहरूले पनि जेष्ठ नागरिकका लागि केही महत्त्वपूर्ण काम गरिरहेका छन् ।


कागेश्वरी मनोहराले गर्छ घरघरमा पुगेर स्वास्थ्य जाँच  


काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरूका लागि नौवटै वडामा जेष्ठ नागरिक भवन निर्माण गरेको छ । जेष्ठ नागरिक एकै ठाउँमा जम्मा भएर रमाउन सकून् भन्ने उद्देश्यले सो कार्य गरिएको नगरपालिकाले जनाएको छ ।


सो स्थानमा जेष्ठ नागरिकको चाहनाअनुरूप हार्मोनियम, तबलालगायतका सामग्री राखिएको छ । डाक्टरसहितको टोली जेष्ठ नागरिकको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिहेको छ । नगर अस्पतालमा निःशुल्क उपचार, फ्रि एम्बुलेन्स, आवश्यक परेको खण्डमा नगरपालिकाको सिफारिसमा अन्य अस्पतालमा समेत निःशुल्क उपचार गराउँदै आएको कागेश्वरी नगरपालिकाकी उपप्रमुख विन्दु सिम्खडाले जानकारी दिइन् ।


गोकर्णेश्वरले दियो पौष्टिक आहारदेखि न्यानो कपडासम्म


गोकर्णेश्वर नगरपालिकाले जेष्ठ नागरिकका लागि न्यानो कपडा, पौष्टिक आहार वितरण गर्दै आएको छ । घरघरमा पुगेर स्वास्थ्य जाँच गर्ने तथा हेल्थ डेस्कको समेत व्यवस्था गरिरहेको छ ।


शंखरापुरले उपलब्ध गरायो भजन–कीर्तनका सामग्री


जेष्ठ नागरिकलाई भजन–कीर्तन सामग्री उपलब्ध गराएको छ । जेष्ठ नागरिकका परिवार ल्याएर अन्तक्र्रिया गर्ने तथा स्वास्थ्य क्षेत्रमा समेत काम गरिहेको छ यस नगरले । यस वर्ष कोभिडका कारण राम्ररी काम गर्न सहज नभएको नगरपालिकाले जनाएको छ ।  


बूढानीलकण्ठले बाड्यो न्यानो कपडा


बूढानीलकण्ठ नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान, न्यानो कपडा वितरणका काम गर्दै आएको बूढानीलकण्ठ नगरपालिकाका प्रशासकीय अधिकृत वैकुण्ठ सापकोटाले जानकारी दिए ।


प्रत्येक महिना जेष्ठ नागरिकको घरमा स्वास्थ्यकर्मी पठाउँछ दक्षिणकाली


काठमाडौंको दक्षिणकाली नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै आएको छ । प्रत्येक महिना जेष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य परीक्षण गर्दै आएको छ यस नगरले । दक्षिणकालीले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरणदेखि सम्मानसमेत गरेको छ ।


कीर्तिपुर, टोखा, तारकेश्वर, चन्द्रागिरि, नार्गाजुन नगरपालिका  र काठमाडौं महानगरपालिकाले पनि जेष्ठ नागरिकलाई सम्मान  गर्ने साथै जेष्ठ नागरिकका लागि विभिन्न काम गर्दै आएका छन् ।