हुम्ला, ३० भदौ
जिल्लाको सर्केगाड गाउँपालिका वडा नम्बर–७ को वामनबाडा ठूलोगाउँका आगलागीपीडितलाई चीनको स्वशासित क्षेत्र तिब्बतस्थित ताक्लाकोटमा रहेको कैलाश व्यापार संघले १ लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराएको छ ।
वामनबाडा ठूलोगाउँमा आगलागी हुँदा ६ घरपरिवारको घरमा क्षति पुगेपछि सहयोगस्वरुप संघले राहत उपलब्ध सर्केड गाउँपालिकाले जानकारी दिएको हो ।
भदौ १७ मा भएको आगलागीमा घर क्षति पुगेका ६ घरपरिवारलाई ताक्लाकोटमा रहेका हुम्लीहरूले १ लाख २ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको प्रदेशस्थित तिब्तमाको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका कैलाश व्यापार संघका उपाध्यक्ष लामु लामाले जानकारी दिए ।
कैलाश व्यापर संघ,नाम्खा गाउँपालिकाका स्थानीय कुगा लामा,छोमु लामा र हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले पनि आगलागीपीडितलाई १ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
आगलागीपीडितका लागि ताक्लाकोटबाट आएको नगद प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी,वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो ।
आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएका ६ घरपरिवारलाई जनही १० हजार र अन्य आंशिक क्षति भएका ६ घरपरिवारलाई जनही साढे ६ हजार प्रदान गरिएको हेड नेपाल हुम्लाका कार्यकारी निर्देशक छिटुप लामाले बताए ।