काठमाडौं । आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य बढेको छ ।
नेपाल स्कट एक्स्चेञ्जका अनुसार आज १.१५ अंकले वृद्धि भएर २१९६.२५ को विन्दुमा पुगेर रोकिएको हो । १२ बजेर ४१ मिनेटमा २२२४ अंकभन्दा माथि पुगेको सेयर बन्द हुँदासम्म २१९६ को बिन्दुमा आइपुगेको हो ।
आज २१७ कम्पनीको साढे १० लाख कित्ता सेयर ६७ हजार पटक किनबेच हुँदा ४ अर्ब ६७ करोडभन्दा बढीको कारोबार भयो ।
आज कारोबारको हिसाबले ३८ करोडको कारोबारसहित शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । आज बुटवल पावर कम्पनीको ६.९५ प्रतिशतले वृद्धि हुँदा स्वभिमान लघुवित्तको सेयर ५.२१ प्रतिशतले घट्यो ।