धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसुचक १२.९२ अङ्कले उकालो लागेर २१४०.३९ मा पुगेको छ ।
शुक्रबार कूल २१६ कम्पनीको ५१ लाख कित्ता सेयर २अर्ब १९ करोड मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ भने १० उपसमूहको सेयर मूल्य उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा अरुण शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १२ करोड ८६ लाख बराबरको कारोबार भयो ।
नेप्सेका अनुसार रिलाइन्स लाइफ इन्स्युरेन्स र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारातमक सर्किट लाग्यो ।