काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज सेयर बजार दोहोरो अंकले बढेको छ ।
मंगलबार उच्च अंकले घटेको सेयर बजार आज २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेको हो ।
बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको किनबेच भएको छ ।
बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार शिवम् सिमेन्टले सबैभन्दा धेरै कारोबार गर्दै कारोबारको हिसाबले १ करोड ७९ लाख बराबरको कारोबारसहित शीर्षास्थानमा रह्यो भने अरुण काबेली दोस्रो स्थानमा रह्यो ।