काठमाडौं । कारोबारको दोस्रो दिन पनि दोहोरो अंकले सेयर बढेको छ ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार सोमबार ५४.४५ अंकले सेयर बढेर २१३२.९६ अंकमा पुगेको छ । आइतबारदेखि दोहोरो अंकले बढ्न थालेको सेयर बजारले आज पनि निरन्तरपा पाएको हो ।
आज २१४ कम्पनीको ९९ लाख ४४ हजार कित्ता सेयर ६४ हजार पटक करोबार हुँदा ४ अर्ब १० करोड बराबरको किनबेच भएको छ ।
आज १७ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा कारोबारको हिसावले शिवम् सिमेन्ट ११ करोड २९ लाखसहित शीर्षस्थानमा सह्यो ।
त्यस्तै, १४ करोड ५१ लाखको कारोबारसहित अरुण काबेली दोस्रो स्थानमा रहँदै सोमबारको कारोबार बन्द भन्द भएको छ ।