काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले साउन ४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न लागेको हो ।
हाइड्रोपावरले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।
सेयरमा साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।