काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर २०२७.३२ को बिन्दुमा झरेको छ ।
बिहीबार कुल २२९ कम्पनीको ४७ लाख ११ हजार कित्ता सेयर १ अर्ब ८० करोड ८६ लाख ५५ हजार ७०० मूल्यमा खरिद बिक्री भए । नेप्सेसँगै बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ । बुधबार २ अर्ब १७ करोडको कारोबार भएको थियो ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये १ वटाबाहेक सबैको मूल्य घटेको छ । सामूहिक लगानी कोष ०.६६ प्रतिशतले बढेको धने अन्य सबैको सेयर मूल्य ओरालो लागेको छ ।
कारोबारका आधारमा लाइफ इन्स्युरेन्स कर्पोरेसन ७ करोड ६५ लाखको कारोबारसहति शीर्ष स्थानमा छ ।