काठमाडौं । रिभर फल्स पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) खुलाएको छ ।
कम्पनीले बुधबारदेखि २५ लाख ३८ हजार ९ सय कित्ता सेयर प्रतिकित्ता एक सय दरले सर्वसाधारणका लागि बिक्री खुलाएको हो ।
जसमा न्यूनतम १० देखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि जेठ ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।