काठमाडौं– ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।
हालसम्म मृतकको पहिचान भने खुल्न सकेको छैन । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै प्रहरीले गोली चलाएको थियो । घटनामा केही आन्दोलनकारी घाइते समेत भएका छन् ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा.२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए । आगजनीमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।