काठमाडौं- जाजरको भूकम्प पीडितको राहत तथा उद्धारका लागि चीन सरकारले दिएको सामग्री आज नेपाल आइपुगेको छ ।
चिनियाँ राजदूत छन सोङले आज पोखरा विमानस्थलमा उक्त राहत सामग्री उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
चीनले २८ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको उल्लेख गरेको छ । राहत सामग्री बोकेका दुई चिनियाँ जहाज बिहान पोखरा विमानस्थलमा अवतरण भएका थिए ।
गत कातिक १७ गते राति गएको भूकम्पमा परी १५३ जनाले ज्यान गुमाउँदा करोडौको भौतिक क्षति भएको छ ।