काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेसंघीय संसदको दुवै सदनलाई सम्बोधन गर्न थालेका छन् ।
बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन थालेका हुन् । महासचिव गुटेरेसले सदनलाई सम्बोधन गर्ने भएपछि अहिले संघीय सदनलाई चिटिक्क बनाएर सजाइएको छ ।