close

अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन

अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । 

अपमान शब्द बनाइएका नागरिकताबारे चौतर्फी विरोध भएपछि सोमबार मन्त्रालयले एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।

नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए । 

सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले त्यसरी अपमानजनक ढंगले जारी गरिएका नागरिकता सच्याउनुपर्ने र त्यसरी हस्ताक्षर गर्ने अधिकारीको हात किन नकाट्ने भन्दै प्रश्न गरेका थिए ।