close

लुम्बिनी प्रदेशसभा बैठक पुनः सर्‍यो 

लुम्बिनी प्रदेशसभा बैठक पुनः सर्‍यो 

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सभा बैठक फेरि एक पटक सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक २० असोजमा बस्ने गरी सरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।


प्रमुख प्रतिपक्षी एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् । 
प्रदेशसभाको नवौं अधिवेशन सुरु भएयता कुनै पनि बैठक पूर्ण रूपमा बस्न सकेका छैनन् ।


एमालेले आफ्ना सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गर्नुपर्ने माग राखी लगातार सदन अवरुद्ध गर्दै आएको छ । प्रदेशसभा बैठक अब २० असोज बुधबार दिउँसो १ बजे बस्नेछ ।