काठमाडौं– जनता समाजवादी पार्टीका १७ जना प्रदेश सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० रोजेका छन् ।
दल रोज्न दिएको समय बुधबारसम्म प्रदेश २ का १६ र सुदूरपश्चिमका एक जना गरी १७ प्रदेशसभा सदस्यले लोसपा रोजेका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिमध्ये लोसपा रोज्ने धेरै जनप्रतिनिधि महोत्तरी जिल्लाका छन् । महोत्तरीबाट २५८ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् ।
त्यस्तै बाराका १३८, सर्लाहीबाट १३७, धनुषाबाट १०९, सप्तरीबाट ९६, रौतहटबाट ८८, रुपन्देहीबाट २०, सिरहाबाट १२, पर्साबाट २८ र कपिलवस्तुबाट १ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।
दल विभाजनलाई सहज हुने गरी सरकारले अध्यादेश ल्याएपछि विभाजित भएको दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ सम्मको समय दिइएको थियो ।
यसअघि नै संघीय संसदका रेशम चौधरीसहित १५ सांसद र १७ कार्यकारिणी सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजिसकेका छन् ।