close

लुम्बिनी प्रदेशकाे हरेक स्थानीय तहमा अल्ट्रासाउण्ड मेसिनसहित नर्सको गस्ती

लुम्बिनी प्रदेशकाे हरेक स्थानीय तहमा अल्ट्रासाउण्ड मेसिनसहित नर्सको गस्ती

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको छ । लुम्बिनी प्रदेशको नवगठित सरकारको पहिलो क्याविनेट बैठकबाट प्रदेशका स्थानीय तहको भागको आधारमा एकएक वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिनसहित तालिम प्राप्त नर्सको उपलब्ध गराउने भएको हो ।


प्रदेशका १२ जिल्लामा ३६३ वटा वर्थिङ् सेन्टर सञ्चालन रहेका छन् । पोर्टेवल अल्ट्रासाउण्ड मेसिन पनि उपलब्ध गराएपछि अस्पतालका पहुँचबाट टाढा भएका महिलाहरुको लागि सहज हुने छ ।


पोर्टेवल अल्ट्रासाउण्ड मेसिनको माध्यमबाट तालिमप्राप्त जनशक्तिले गर्भवती आमा र बच्चाको अवस्था पत्ता लगाउन सक्नेछन् । धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले प्रदेश सरकाको यस निर्णयले स्थानिय तहमा मातृ मृत्युदर कमगर्न ठुलो सहयोग पुग्ने बताए ।


प्रदेशमा स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाको संख्या ५७ प्रतिशत रहेको छ । त्यस्तै किशोरावस्थामै गर्भवती हुनेको संख्या १७ प्रतिशत रहेको छ । प्रदेशमा पाँचमा झण्डै १ हजार ७ सय नर्स कार्यरत छन् भने तीमध्ये १ हजारले एसबिए तालिम प्राप्त गरेको प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।