close

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयले दिए राजीनामा

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेयले दिए राजीनामा

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।


मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । उनी पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै पार्टीको कारबाहीमा परेर सांसद पदबाट मुक्त भएका थिए ।

 

सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले बताएका छन् ।
 
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ ।