काठमाडौं- सरकारले घर तथा भवन निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण गर्ने जिम्मा स्थानीय तहलाई दिँदै यसका लागि मापदण्डसमेत तय गरिदिएको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय वास्तुकला झल्कने गरी निजीदेखि सार्वजनिकसम्मका भवन निर्माणलाई प्रोत्साहन गर्ने जिम्मा स्थानीय तहलाई दिएको हो ।
मन्त्रालयले भवन निर्माणको राष्ट्रिय मापदण्ड अनुसार परम्परागत वास्तुकलाको संरक्षण गर्दै भवन बनाउन नमूना डिजाइनसमेत सबै स्थानीय तहलाई उपलब्ध गराएको छ ।
यस्तो छ पालिकालाई पठाइएको भवन निर्माणको नमुना डिजाइन
घरको स्वरुप: तल्ला संख्या दुई र धन्सार (बुइगल) सहितको सिमेन्टको जोडाईमा हुने ।
आड बिना गारोको लम्बाई १४ फीट ९ इन्च भन्दा बढी हुन नहुने ।
एउटा कोठाको क्षेत्रफल १४५ वर्ग फीट भन्दा बढी हुन नहुने ।
गारोको उचाई १० फीट भन्दा बढी हुन नहुने ।
वर्गाकार वा आयातकार स्वरुपको घरको योजना बनाउनु पर्ने । घरको चौडाइको अनुपातको ३ गुणा भन्दा बढी भएको लामो र साघुँरो आवास निर्माण गर्नुपर्ने ।
जग निर्माण
जग खन्दा जमिनलाई राम्रोसँग सम्याउने ।
जगको खाडल एकनास रुपको हुनुपर्ने ।
समतल क्षेत्रमा भएको आवासको जग एउटै सतहमा निर्माण गर्नु पर्नेछ ।
एक तले आवासको लागि जगको गहिराई कम्तीमा २ फीट १० इन्च हुनुपर्ने र दुई तले आवासको लागि ३ फीट हुनु पर्ने । मध्यम प्रकारको माटोको लागि जगको चौडाई कम्तिमा पनि २ फीट हुनु पर्ने ।
जग बन्धनमाथि २ फिट चौडाइको १ फिट उचाई हुनेगरी ढुंगा वा इँटाको गारो उठाउने ।
२ फिट गरो उठाएपछि खुडकिला काटी १ फिट ६ इन्च अर्थात १८ इन्चको गारो टाइविमको मुनिसम्म उठाउने ।
गारो निर्माण
गारोहरु घन्टी मिलाएर सिधा ठाडो रहेको हुनुपर्नेछ ।ठाडो जोर्नीहरु एउटै सीधा ठाडो रेखामा नपर्ने गरी जोर्नी छलेर लगाउनु पर्नेछ ।
बालुवाको अनुपात १/४ हुनु पर्छ
ढुङ्गाको गारो लगाउँदा गारोको मोटाइ बराबरको कैंची मार्ने ढुङ्गाहरु २ फिट देखि ४ फिट सम्मको फरकमा लगाउनु पर्दछ ।ढुङ्गाको गारोमा बन्ने एक तल्ले र दुई तल्ले आवासको लागि गारोको न्यूनतम चौडाइ १४ इन्च हुनु पर्छ ।
ईंटाको गारोमा एक तले गारोको न्यूनतम चौडाइ ९ इन्च र दुई तले आवासको लागि गारोको न्यूनतम चौडाइ १४ इन्च हुनु पर्छ ।गारोको भित्री कुनाको छेउबाट कम्तिमा २ फीट छाडेर मात्रै झ्याल ढोका राख्नुपर्छ ।
गारोहरुमा हुने खुला भागको कुल लम्बाई गारोको आधा लम्बाई भन्दा बढी हुन हुंदैन ।
गारोहरुमा हुने खुला भाग बीचको दुरी २ फीट भन्दा कम हुन हुंदैन ।
झ्याल र ढोका माथि तेर्सो पेटीको सतह एउटै राख्नुपर्छ ।
छाना कस्तो ?
छानामा स्थानीय तहमा उपलब्ध हुने ढुङ्गाको स्लेट, माटोको झिंगटी, टायल, खपडा, खर आदि प्रयोग गर्न सकिन्छ ।
काठको ट्रसका भागहरु व जोर्नीहरु नक्सामा देखाए बमोजिम जोड्नु पर्छ ।नक्सामा देखाए बमोजिम ट्रसहरु काठको चौकुने बन्धनको माध्यमले जोड्नु पर्छ ।
आँख्ला नभएको सुकाएको कडा काठहरु छानाको रुपमा प्रयोग गर्नुपर्छ । अलकत्रा वा कुनै संरक्षणात्मक विधिवाट काठको उपचार गरी यसलाई कुहिनबाट र किराहरुबाट जोगाउन सकिन्छ ।गारो लगाउनको लागि सिमेन्ट बालुवाको मसला १ भाग सिमेन्ट र ४ बालुवाको अनुपातमा मसला बनाउने ।
प्लाष्टर गर्नको लागि १ भाग सिमेन्ट र ६ भाग बालुवाको अनुपातमा मसला बनाउनुपर्ने ।
सिमेन्ट कंक्रिटको मसला १ भाग सिमेन्ट १.५ भाग बालुवा, ३ भाग रोडा हुनु पर्छ ।डण्डीको लागि टोर स्टील डिफोम्र्ड बार वा टीएमटी बा प्रयोग गर्न सकिने