close

कोरोना विवरण अद्यावधिक गर्न स्थानीय तहलाई परिपत्र

कोरोना विवरण अद्यावधिक गर्न स्थानीय तहलाई परिपत्र

Trulli
ADVERTISEMENT

काठमाडाैं- सरकारले कोरोना भाइरससम्बन्धी विवरण सिएमआइएसमा दैनिक अद्यावधिक गर्न देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई परिपत्र गरेको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय, प्रादेशिक र स्थानीय गरी ३ तहबीच प्रगति प्रतिवेदनमा सहज र एकरूपता ल्याउन क्राइसिस म्यानेन्टमेन्ट इन्फरमेसन सिस्टम (सिएमआइएस) मा दैनिक विवरण प्रविष्ट गर्न परिपत्र गरेको हो ।

 

यो प्रणाली संघीय मामिला मन्त्रालयबाट उपलब्ध भई स्थानीय तहमा प्रयोगमा ल्याइएको प्रणाली हो । उक्त प्रणालीमा विवरण नियमित रूपमा प्रविष्ट गरी दैनिक अद्यावधिक गर्नसमेत मन्त्रालयले स्थानीय तहलाई आग्रह गरेको छ ।