मुगु- कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका सञ्चारगृहलाई १/१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नेपाल पत्रकार महासंघ शाखा कार्यालय सुर्खेतको २५ औँ साधारणसभामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले यस्तो घोषणा गरेका हुन् ।
कोरोना महामारीका कारण कर्णालीका सञ्चारगृह संकटमा परेकाले सहयोगस्वरूप कर्णाली प्रदेशभित्रका सबै स्थानीय एफएम रेडियो, केबुल टेलिभिजन र सिनेमा हललगायत मिडिया हाउसलाई १/१ लाख रुपैयाँ अनुदान उपलब्ध गराइने मन्त्री भण्डारीले बताए ।
साधारणसभामा विभिन्न जिल्लाका पत्रकारलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।