close

शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त

शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौं- शंकरदास बैगारी मुख्यसचिवमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि सरकारले उनलाई नियुक्त गरेको हो ।

रेग्मीको कात्तिकमा कार्यकाल सकिने भएपनि उनले बिहीबार राजीनामा दिएका थिए । उनलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस  गरेको छ ।

यसअघि परराष्ट्र मन्त्रालयका सचिव बैरागी परराष्ट्र मामलाका जानकार मानिन्छन् ।