close

कर्णाली सरकारले स्थापना गर्यो आफ्नै लेखा इकाइ कार्यालय

कर्णाली सरकारले स्थापना गर्यो आफ्नै लेखा इकाइ कार्यालय

Trulli
ADVERTISEMENT


कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा इकाइ कार्यालय स्थापना गरेको छ ।


कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तर्गत कर्णाली प्रदेशका सुर्खेत बाहेक ९ जिल्लामा प्रदेश लेखा इकाइ कार्यालय स्थापना गरेको हो ।


प्रदेशका कार्यालयहरू स्थापना नहुँदा मलेनिकाले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो ।


प्रदेश मातहतका कार्यालयको लेखा प्रणाली नियन्त्रण, ब्यवस्थित बनाउन तथा सहजीकरण गर्न आफ्नै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले जानकारी दिए ।


सुखेतमा प्रदेशबाट हेर्ने गरी बाँकी ९ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक बमले बताए । उनका अनुसार हुम्ला र सल्यानमा कार्यालय स्थापना गरिएको छ भने अन्य जिल्लामा एक साताभित्रै खोलिनेछ ।


नियन्त्रक बमले इकाइ कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ गर्न र अनुदान खर्चको विवरण पनि यथार्थ जानकारीमा आउनेविश्वास व्यक्त गरे ।


कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत ७/८ तहको प्रमुख रहने गरी एक जना, ५/६ तहका दुई जना र एक जना कार्यालय सहयोगी रहनेछन् ।


कर्मचारी अभावका कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला जिल्लामा कार्यालय प्रमुखमा लेखा अधिकृत ७/८ तथा हुम्ला, मुगु, डोल्पा र कालिकोटमा भने कार्यालय प्रमुखमा अधिकृत ५/६ तहको दरबन्दीमा भएका छैठौं   तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोकिएको तथा सुर्खेतमा भने प्रदेश कार्यालयले नै हेर्ने नियन्त्रक बमको भनाइ छ ।


उनका अनुसार यो वर्षदेखि प्रदेश मातहतका कार्यालयको आन्तरिक लेखापरीक्षण प्रदेश आफैंले गर्नेछ ।