close

काठमाडौंमा १५४ वटा हिटी: ६१ वटा चालु, १२ वटा भेट्टाइएनन्

काठमाडौंमा १५४ वटा हिटी: ६१ वटा चालु, १२ वटा भेट्टाइएनन्

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र १५४ वटा ढुङ्गेधारा रहेको अध्ययनले देखाएको छ । अलान फाउन्डेसनले गरेको अध्ययन प्रतिवेदनले ६१ वटा ‍(४०) पानी आउने, ५० वटा (३२५) पानी नआउने, संकटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६५), हराएका २१ वटा (१४५) र फेला नपरेका (नभेटिएका) १२ वटा (८५) रहेको उल्लेख गरेको छ । अध्ययनका क्रममा हिटीलाई यिनै ५ प्रकारमा बाँडेर तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त विवरणअनुसार १ सय २१ हिटी भौतिक रुपमा भेटिएका छन् । ३३ वटाले आफ्नो निशान गुमाइसकेका छन् ।  

वडागत रुपमा हेर्दा वडा नं १५ र ३२ गरी २ वटा वडामा १२ — १२ वटा हिटी छन् । वडा नं ११, २२, २३, २४, २५ र २७ गरी ६ वटा वडामा एउटा पनि हिटीको अभिलेख भेटिएन । 

वडा नं १२ र १३ मा १/१ वटा, वडा नं ३, २१ र २९ मा २/२ वटा, वडा नं। २ र ३० मा ३/३ वटा हिटी छन् । वडा नं। ५, २८ र ३१ मा ४/४ वटा, वडा नं २० मा ५ वटा, वडा नं १, ८, १९, २६ मा ६/६ वटा हिटी छन् । वडा नं १८ मा ७ वटा, वडा नं ४ र ७ मा ८/८ वटा, वडा नं ९ र १६ मा ९÷९ वटा, वडा नं १७ मा १० वटा, वडा नं ६ मा ११ वटा र वडा नं १० मा १३ वटा हिटी छन् । 

धारामा पानी आइरहेको छ । त्यो पानीको निकास राम्रो छ । मर्मत गरिएको छ । हिटीमा मानिसहरु आएर पानीको प्रयोग गरिरहेका छन् । हिटी र यसको परिसर संरचना कायम राखिएको छ भने यस्ता हिटीलाई काम गर्ने प्रकारका राखिएको थियो । पानीको प्रवाह नभएका हिटीलाई काम नगर्ने हिटीका रुपमा राखिएको थियो ।

बेलैमा ध्यान नदिए लोप हुने जोखिममा रहेका हिटीलाई संकटमा रहेका (लोपोन्मुख) वर्गमा राखिएको थियो । अवलोकनका समयमा हिटीको संरचनामा क्षति पुगेको, पानीको बहाव स्थितिलाई ध्यान नदिई वनस्पति वा अन्य वस्तु राखिएको, अन्य कुनै संरचना वा क्रियाकलापले हिटीको अस्तित्वलाई बाधा गरिएको अवस्थामा रहेका हिटीलाई यस वर्गमा राखिएको थियो । 

हिटी थियो भनिएको ठाउँमा अवलोकन गर्दा हिटीको कुनै दृश्य प्रमाण फेला नपरेको, यस अघिको तथ्याङ्कमा पनि नभेटिएको हिटीलाई हराएका वर्गमा राखिएको थियो । 

यस अघिको तथ्याङ्कमा उल्लेख भएका तर अहिले स्थलगत रुपमा हेर्दा नदेखिएका ढुङ्गेधारालाई फेला नपरेको वर्गमा राखिएको थियो । 
हिटी जल प्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन् । यससँग प्रकृति र प्राणी सभ्यता अन्तरसम्बन्धित छन् । यसको व्यवस्थापनका लागि जलचर, विरुवा तथा प्राकृतिक रुपमा उम्रिने रैथाने झारपातसँग सम्बन्ध हुन्छ ।