close

बाजा खल र गुठीलाई महानगरको अनुदान रकम हस्तान्तरण

बाजा खल र गुठीलाई महानगरको अनुदान रकम हस्तान्तरण

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल खड्गी सेवा समिति ४७ वटा बाजा खल तथा गुठीहरूलाई काठमाडौं महानगरपालिकाले १ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराएको छ ।

बिहिबार राष्ट्रिय सभा गृहमा महानगरले आयोजना गरेको कार्यक्रममा खल तथा गुठीका प्रतिनिधिहरुलाई अनुदान रकमको चेक प्रदान गरेको हो । नेपाल खड्गी सेवा समितिको सिफारिस भएका परम्परागत बाजा समूह तथा गुठीहरूलाई काठमाडौं महानगरले सहयोग रकम उपलब्ध गराएको हो। 

चेक हस्तान्तर कार्यक्रममा महानगरका प्रमुख बालेन्द्र शाहले भने, ‘अहिलेको पुस्ताले सम्पदा बचाउन सकेन भने काठमाडौँको सांस्कृतिक पहिचान नै धरापमा पर्न सक्छन् । यसकारण मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न हाम्रै पुस्ताले काम गर्नुपर्छ ।

यो सहयोग कसैले कसैका लागि गरेको भन्दापनि समृद्ध महानगर निर्माणका लागि आपसी सद्भावको काम गरिएको हो,’ उनले थपे, ‘सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन र प्रवर्धनमा महानगरले आफ्नो जिम्मेवारी पूरा गर्छ ।’