काठमाडौँ ।गोरखा दरबारको फूलपाती काठमाडौंको हनुमान ढोका लियाइँदै छ ।
आइतबार बिहान आठ बजे दशैं घरबाट निकालिएको फूलपाती गाडीबाट ल्याउन लागिएका हाे ।
काेभिडका कारण यसअघिमा वर्ष सामान्य रुपमा फूलपाती पठाउने गरे पनि यस वर्ष भने तामझामका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए ।
यसअघिका वर्ष जे भए पनि यस वर्ष बाजागाजा सहित भव्य रुपमा पठाएकाे उनकाे भनाइ छ ।