close

अवैध संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको आग्रह

अवैध संरचना ३५ दिनभित्र हटाउन ललितपुर महानगरको आग्रह

Trulli
ADVERTISEMENT

ललितपुर । ललितपुर महानगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढी लगायतका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको हो ।

बुधबार सूचना जारी गर्दै महानगरले नक्सा स्वीकृत गर्दा पार्किङ्ग प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना ३५ दिन भित्र हटाउन आग्रह गरेको छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न अनुरोध गरिएको छ ।

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरेरनगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने महानगरले उल्लेख गरेको छ ।