काठमाडौं । न्याय परिषद्ले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको परिषद् बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय भएको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, जिल्ला न्यायाधीशका लागि आवेदन दिने ६३ जनाको नाम सर्ट लिस्टमा निकालेको छ । जसमध्येबाट २१ जना न्यायाधीशमा चयन हुनेछन् ।