काठमाडौं । आइजिपी नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
यसअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतबार धीरजप्रतापसिंह तर्फका १८ जना वकिलले बहस गरेका थिए ।
आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । अदालत स्रोतका अनुसार सोपछि मुद्दाको फैसला हुनेछ ।