काठमाडौं । अब सरकारले दिने विभूषणमा प्रयोग हुने सुनको परिणाम घट्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले परिणाम घटाउने निर्णय गरेसँगै अब सरकारले प्रदान गर्ने विभूषणमा राखिने सुनको परिणाम घटने भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभूषणमा प्रयोग हुने सुनको परिणाम घटाउने र बनोट हेरफेर गर्न स्वीकृति दिएको छ ।
सरकारले हरेक वर्ष देशका विभिन्न क्षेत्रमा सेवा पुर्याउनेहरुलाई विभूषण तथा पदक प्रदान गर्दै आएको छ ।