काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्वनमा परेका छन् ।
छानबिन समिति गठनबारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएको थियो । सोपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।