काठमाडौं– दलित समुदायबाट सीता परियार नेपालको पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेकी छन् । गृह मन्त्रालयले उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको हो । उनी यसअघि भक्तपुरमा सहायक प्रमुख जिल्ला अधिकारी थिइन् । यसअघि दलित समुदायबाट डा। मानबहादुर विश्वकर्मा सचिव बनेका छन् ।