close

अस्पतालका बिरामीलाई बिस्तारामै फलफूल

अस्पतालका बिरामीलाई बिस्तारामै फलफूल

Trulli
ADVERTISEMENT

जुम्ला– नेपाल निजामती कर्मचारी युनियनको १९औँ स्थापना दिवस अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको छ । 

 

१९औँ कर्मचारी युनियन दिवस अवसरमा अस्पताल जुम्लामा उपचाररत बिरामीलाई फलफूल वितरण गरिएको निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार स्थापना दिवस अवसरमा बिरामीलाई फलफूल दिएर स्वास्थ्यलाभको कामना गरिएको छ । 

प्रतिष्ठानमा उपचार गराइरहेका करिब १०० जना बिरामीलाई केरा, जुस वितरण गरिएको हो । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास तथा सिँचाइमन्त्री दिनबन्धु श्रेष्ठ, पूर्वसांसद ललितजंग शाही, जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढालगायत संगठनका कर्मचारीको सहभागितामा बिरामीलाई फलफूल वितरण गरिएको हो ।