महोत्तरी– महोत्तरीको कोरोना महामारी नियन्त्रणमा नआएपछि पुनः १५ दिन निषेधाज्ञा थप गरिएको छ ।
कोभिड–१९ संक्रमण सामान्य भइनसकेको अवस्थामा सर्वसाधारणको स्वास्थ्यमाथि असर पर्ने सक्ने अवस्थालाई ध्यानमा राखी १० देखि २५ साउनसम्म निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
यो अवधिमा भौतिक रूपमा उपस्थित भएर गरिने सम्पूर्ण शिक्षणसमबन्धी पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ भने जिल्लाभरका हाटबजार सञ्चालनमा समेत निषेध गरिएको छ ।
त्यसैगरी जिमखाना, मदिराजन्य पसल खोल्न नपाइने निर्णयलाई यथावत गर्दै मठ, मन्दिरमा हुने नित्यबाहेक सामूहिक पूजामा रोक लगाइएको छ ।
निषेधाज्ञा अवज्ञा गरेमा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कडा कारबाही हुने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।