close

बेलबारीको नगरसभा : २ विधेयक पारित 

बेलबारीको नगरसभा : २ विधेयक पारित 

Trulli
ADVERTISEMENT

मोरङ- मोरङको बेलबारी नगरपालिकाको ७औँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक र सौर्य ऊर्जा प्रवर्द्धन विधेयक पास गरेको छ । 

 

स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्नुका साथै प्राकृतिक स्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन गर्न वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी कानुन बनाइएको नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । 

 

यस्तै, नगरसभाले आफ्नो नगरमा आफैं वैकल्पिक ऊर्जा उत्पादन गर्ने गरी सौर्य ऊर्जा प्रवद्र्धन विधेयक पास गरेको छ । बेलबारीले वैकल्पिक ऊर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । 

 

वातावरण संरक्षणमा सहयोग पुग्ने हुँदा वैकल्पिक ऊर्जामा जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बताए । २९ फागुनदेखि सुरु भएको नगरसभा २ वटा विधेयक पारित गर्दै २ चैतमा समापन भएको हो ।