close

लिखुका कर्मचारीलाई सूचना प्रविधि तालिम

लिखुका कर्मचारीलाई सूचना प्रविधि तालिम

Trulli
ADVERTISEMENT

ओखलढुंगा- ओखलढुंगाको लिखु गाउँपालिकाले पालिका तथा वडा कार्यालयका कर्मचारीलाई विद्युतीय सुशासन तथा सूचना प्राविधि तालिम दिएको छ ।

 

कर्मचारीलाई सूचना प्रविधिमा दक्ष बनाएर सुशासन कायम गर्न सहज तुल्याउने उद्देश्यले तालिम दिइएको गाउँपालिकाले जनाएको छ ।

 

कर्मचारीलाई सूचना तथा प्रविधि प्रयोग, सेवा प्रवाह, संस्थागत क्षमता विकास तथा सुशासन प्रवर्द्धनको उद्देश्यले तालिम दिइएको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत द्रोणकुमार धमलाले बताए ।

 

‘वडा कार्यालय तथा गाउँपालिकामा सूचना एवं प्रविधिको प्रयोगबाट छिटो सेवा प्रवाह तथा प्रभावकारी कार्य सम्पादन सहज बनाउन कर्मचारीलाई तालिम दिएका हौं’, धमलाले भने ।

 

तालिमबाट कर्मचारीलाई प्रविधिसँग खेलेर सेवा प्रवाह गर्न सहयोग पुगेको तालिम प्रशिक्षक मोलुङ गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत गोपाल नेपाल बताउँछन् ।

 

आन्तरिक सुशासनबिना गाउँपालिका सक्षम नहुने भएकाले सबै कर्मचारीको क्षमता विकास गरेर कार्यालयको काम प्रभावकारी ढंगले सम्पादन गर्न सकिने गाउँपालिका उपाध्यक्ष शान्ता ढुंगेलको भनाइ छ ।

 

‘कर्मचारीको कमजोर क्षमताले सेवा प्रवाहमा असर पुग्ने हुँदाम गाउँपालिकाले तालिम तथा क्षमता विकासको कार्यक्रम चलाएको हो’, ढुंगेलले भनिन् ।

 

यस्तो तालिम यसअघि सिद्धिचरण नगरपालिकाले वडा तहसम्मै सञ्चालन गरेको थियो । गाउँपालिकाभरिका सबै कर्मचारीलाई विद्युतीय सेवा प्रवाह तथा सूचना प्राविधि तालिम सञ्चालन गर्ने लिखु गाउँपालिका दोस्रो स्थानीय तह हो ।