काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको छ ।
चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई हृदयघात भएको हो ।
बुधबार साँझ छातीमा समस्या देखा परे अस्पताल पुगेका उनलाई समस्या भएको पत्ता लागेको थियो । बेइजिङस्थित अस्पतालमा मुटुको एन्जी ओप्लास्टी गरिएको छ, आइसियुमा राखेर उपचाररत श्रेष्ठ खतरामुक्त रहेको उनका भतिजा डा. शितलकाजी श्रेष्ठले मिडियालाई जानकारी गराएका छन् ।
परराष्ट्र मामिलाबारे जानकार पत्रकार अनिल गिरीका अनुसार हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ ।