close

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

Trulli
ADVERTISEMENT

काठमाडाैं। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । कांग्रेस संसदीय दलको आज बसेको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

यसैगरी बैठकले पार्टी प्रतिपक्षमा रहने समेत निर्णय गरेको उनले बताए। यस अघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री दाहालले सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वासको मत मागेका थिए। जवाफमा सभापति देउवाले पार्टीको संसदीय दलको बैठकमा उक्त विषय छलफल गरी निर्णय गर्ने बताएका थिए।

प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्नुहुने कार्यसूची रहेको छ ।