close

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै

Trulli
ADVERTISEMENT

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत लिने छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही पुस १० गते सात दलका एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन्  । 

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । दाहाल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन्। 

प्रधानमन्त्री दाहालले सिङ्गो प्रतिनिधिसभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गरे। सोमबारको प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा उनले सञ्चारकर्मीसँग विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको बताएका थिए । प्रधानमन्त्री दाहाललाई समर्थन गर्ने सम्पूर्ण दलहरुले विश्वासको मत दिने निर्णय गरेका छन् । 

प्रतिनिधिसभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा ९एकीकृत समाजवादी०का १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक सांसद् छन् । 
    
एकीकृत समाजवादीले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । समाजवादीको आज बसेको सचिवालय बैठकले शर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि विश्वासको मत मागेका छन् । सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।