रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनको लागि रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ ।
जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन मतदान केन्द्र थपिएको हो ।
मतदातालाई मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं जिल्ला समन्वय समितिको परिसरमा एक–एक वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए ।
कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने छन् । जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै निजामती कर्मचारी मतदान गर्न पाउने छन् ।