close

४८ सालदेखि ओलीजीको ‘मुख खाली छैन’: रावल

४८ सालदेखि ओलीजीको ‘मुख खाली छैन’: रावल

Trulli
ADVERTISEMENT

काठमाडौं । शुक्रबार कञ्चनपुरको चुनावीसभामा एमालेका अध्यक्षक केजी ओलीले भीम रावल बुढो भएको भन्दै आलोचना गरेका थिए । 

एमालेको कार्यक्रम हुँदाहुँदै एमालेका केही कार्यकर्ताले भीम रावलको पक्षमा नारा लगाएपछि ओलीले सम्बोधनकै क्रममा भने,‘रावलको चिन्ता कति गर्नुहुन्छ, ०४८ देखि उनको मुख खाली छैन । अरूलाई पालो दिनुपर्देन ? एउटा भीम रावल के के खेती गरिराख्या छ, यहाँ अरु थुप्रै रावल हुनुहुन्छ, अब थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,’ 

उक्त केपी ओलीको  सम्बोधनप्रति भीम राववले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । रावलले आफूलाई ६७ वर्षमै बुढो भयो भन्ने ७० काटिसकेका केपी ओली कसरी तन्नेरी भए भन्ने प्रश्न गरेका हुन् । रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उत्तेजित भाषणले उहाँभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको छ,’

उनले थपेका छन्, ‘अरुलाई पालो दिन पार्टीले मापदण्ड बनाएमा सबैले मान्नुपर्छ । तर, अरुलाई पालो दिनुपर्ने भए ओलीजी र सचिवालय तथा स्थायी कमिटीका अनेकौँ पदमा रहेका र अनेकौँपटक सांसद र मन्त्री भएका व्यक्तिका हकमा अरुलाई पालो दिनुपर्ने भन्ने किन लागु नहुने त ?’

रावलले आफू ०५१ देखि मात्रै सांसद भएको तर ओली ०४८ देखि सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएको भन्दै आफूमाथि नियोजित रूपमा विभेद गरिएको बताएका छन् ।